काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ९ सय रूपैयाँले बढेको हो ।
आज सुन तोलाको १ लाख ६४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ३५ रूपैयाँले बढेर १ हजार ९ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


















