काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा थाइल्याण्डले टस जितेर ब्याटिङ रोजेको हो ।

नेपाल आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यमा छ । यसअघि नेपाल लगातार ३ खेलमा पराजित भएको थियो ।