झापा । झापाको कनकाई नगरपालिकास्थित तुलसीबारीमा प्रहरीले चलाएको गोली लागेर एक लागूऔषध कारोबारी घाइते भएका छन् ।
घाइते हुनेमा भारतीय नागरिक अञ्जर आलम रहेको प्रहरीले जनाएको छ । प्रहरीले आलमका भाइ युसुफ आलमलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट ३२ ग्राम ब्राउन सुगर बरामद भएको बताइएको छ ।




















