नयाँ दिल्ली : भारतको दिल्लीमा आज ७० विधानसभा सिटका लागि चुनाव भइरहेको छ। मतदान बिहान ७ बजेदेखि सुरु भएर साँझ ६ बजेसम्म हुने जनाइएको छ।

चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ। यस चुनावमा लगभग १.५६ करोड मतदाताले मतदान गर्नेछन्। दिल्लीको चुनावमा ६९९ उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।

मतदानलाई ध्यानमा राख्दै आज दिल्ली र हरियाणामा सार्वजनिक बिदा घोषणा गरिएको छ।

आम आदमी पार्टीले दिल्लीमा २०१५ र २०२० को विधानसभा चुनावमा बहुमत हासिल गरेको थियो। २०१५ मा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो भने २०२० मा ६२ सिट जितेको थियो।