काठमाडौं । बङ्गलादेशमा बलात्कारमा परेकी ८ वर्षिया बालिकाको मृत्युपछि देशभर हिंसात्मक विरोध प्रदर्शन सुरु भएको छ ।
एक आठ वर्षीया बालिका बलात्कृत भएकी थिइन्, बिहीबार उनको मृत्यु भयो ।
बालिकाकी आमाले दिएको उजुरीअनुसार मार्च ५ को राति मागुरा शहरमा आफ्नी दिदीको घरमा गएकी बालिकामाथि बलात्कार भएको थियो ।
प्रहरीले मुद्दा दर्ता गरी बालिकाकी दिदीको श्रीमान, ससुरा, सासू र देवरलाई पक्राउ गरी हिरासतमा राखेको बीबीसीले जनाएको छ ।
बिहीबार राति बालिकाको मृत्युको खबर सुनेपछि आक्रोशित भीड घटना भएको भनिएको स्थानमा पुगेको थियो । भीडले त्यो घरमा आगो लगाइदिएको छ ।
ती बालिकालाई मार्च ८ मा अस्पताल भर्ना गरिएको थियो र राजधानी ढाकाको संयुक्त सैन्य अस्पतालमा छ दिनसम्म गम्भीर अवस्थामा बिताइन् ।

















