काठमाडौ । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा आज हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको छ । आज बिहानदेखि स्ववियुका लागि मतदान हुनुपर्नेमा गए रति अनेरास्ववियु र अनेरास्ववियूले तालाबन्दी गरेपछि चुनाव स्थगित भएको हो ।

क्याम्पसले आज बिहान एक सूचना प्रकाशित गर्दै प्रतिकूल अवस्था सिर्जना भएकोले अर्को मिति तोक्ने गरी आज हुने भनिएको स्ववियु चुनाव स्थगित गरिएको जानकारी दिएको छ ।

सुरक्षाको कारण देखाउँदै लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) मा आज हुने स्ववियु चुनाव पनि स्थगित भएको छ । त्यस्तै त्रिचन्द्रमा पनि चुनाव रोकिएको छ ।