काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन् । पूर्वराजा यसै जान लागेको उनको सम्वाद सचिवालयले जनाएको छ ।
पुर्खौली थलो गोरखा गएर शाहले गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्ने सम्वाद सचिव डा. फणिराज पाठकले जानकारी दिए ।
पछिल्लो समय देशमा राजसंस्था फर्काउने आन्दोलन चलिरहेका बेला पूर्वराजा गोरखा जानुलाई अर्थपूर्ण रुपमा लिन सकिने राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।
पूर्वराजा शाह गण्डकी प्रदेशका विभिन्न शक्तिपीठको भ्रमण सकेर गत फागुन २५ गते मात्र काठमाडौं फर्किएका थिए । त्रिभुवन विमानस्थलमा उनको भव्य स्वागत गरिएको थियो ।























