मनु यादव निरज / सिरहा  ।सिरहा  जिल्लाभित्रका सञ्चालनमा आएका यातायातका साधनमध्ये सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कारवाही सुरु गरिएको छ। कालोपत्र र कच्ची सडकमा गुड्ने गाडी ओभर लोडको कारणले दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले यस्ता सवारी साधनलाई कारवाही गर्न थालेको हो।


 यसअघि यातायातका साधनलाई यात्रु बोक्ने कुरामा आखाँ चिम्लेको भएपनि पछिल्लो समयमा बढी लापरवाही हुन थालेपछि सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कारवाही गर्ने जिल्ला ट्राफिक कार्यालय, लहान सिरहाका प्रमुख पोषणराज थपलियाले बताए। 


अर्को कुरा क्षमताभन्दा बढी यात्रु बोखेको कारण सवारी दुर्घटना बढ्न थालेपछि नियमानुसार यात्रु बोकाउने कार्यमा ट्राफिक प्रहरी लागेको होे।


 यो नियम कडाइका साथ लागू गर्न ट्राफिक प्रहरी, प्रहरी , स्थानीय प्रशासनका साथै गाडी धनी, चालक, सहचालक र यात्रु पनि उत्तिक्कै जिम्मेवार रहेको जिल्ला ट्राफिक कार्यालय, लहान सिरहाका प्रमुख पोषणराज थपलियाले बताए।