काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि गत शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।






















