जनकपुरधाम । धनुषामा सशस्त्र प्रहरीले भन्सार छली गरेर ल्याइँदै गरिएका ठुलो परिमाणमा अवैध कपडा बरामद गरेको छ ।


बैदेहीस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरका ईन्चार्ज डिएसपी सुरज रिजालको कमान्डमा गएको टोलीले आइतबार साझ ७ बजे भारतबाट भन्सार छली गरेर खौना बैदेही हुँदै ल्याउँदै गरेको ठुलो परिमाणको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल खड्काले जानकारी दिए । 


विशेष सूचनाका आधारमा गएको डिएसपी रिजालको टोलीले खौनाबाट भारतबाट लुकाई छिपाई खौना बैदेही हुँदै ल्याउँदै गरिएको २५ लाख बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी एसपी खड्काले बताए ।


बरामद गरिएका सबै अवैध लत्ताकपडालाई आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी एसपी खड्काले जानकारी दिए ।