नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मंगलबार नियुक्तिपत्र पाएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो ।
वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर शाक्यलाई नियुक्ति गरिएको थियो । शाक्य यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । तर, प्रचण्ड नेतृत्वको सरकारले उनलाई हटाएर कुलमानलाई ल्याएको थियो ।शाक्यलाई पहिलोपटक पनि ओली सरकारले नै कार्यकारी निर्देशक बनाएको थियो ।
दोस्रोपटक पनि ओली सरकारले नै उनलाई यो महत्वपूर्ण जिम्मेवारी दिएको हो । यसअघि कुलमानले शाक्यलाई विस्थापन गरेका थिए, अहिले शाक्यले कुलमानलाई विस्थापन गरेका छन् । शाक्यले मंगलबार अबेर पदभार ग्रहण गर्ने तयारी गरेका छन् ।


















