नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । मंगलबार साँझ प्राधिकरण पुगेर उनले पदबहाली गरेका हुन् । 

त्यसअघि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले शाक्यलाई मंगलबार नियुक्तिसँगै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । सो क्रममा मन्त्री खड्काले नवनियुक्त कार्यकारी निर्देशक शाक्यलाई उद्योगीहरूसँग प्राधिकरणले लिनुपर्ने बक्यौता तत्काल असुल गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।मन्त्री खड्काले  ऊर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै विद्युत् प्राधिकरणले इमानदार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न निर्देशन दिए ।