प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड भ्रमणमा जाने भएका छन् । उनी यही १९ चैतमा विम्स्टेकको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दैै त्यसतर्फ जाने भएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्री ओलीले एक सय सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।