मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ । सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यो मन्त्रिपरिषद् बैठकले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी आयोगका पदाधिकारी सिफारिस गर्न छनोट समिति गठन गर्ने सम्भावना छ । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । सो छलफलमा सिफारिस समिति गठन गर्ने सहमति भएको थियो ।


















