सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसिरहेको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूका विषयमा छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन् ।


















