सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिएका हुन् । मन्त्री चौधरीले केहीबेरमा पत्रकार सम्मेलन गर्दै छन् ।