मनु यादव निरज / सिराहा । प्रेस मञ्चका सिरहा शाखा का अध्यक्ष जितेन्द्र सिंह दाेनबनर को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जसपा नेपालका केन्द्रिय सचिव तथा पूर्व वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल ,विशिष्ट अतिथि प्रेस मञ्चका केन्द्रीय का .वा.अध्यक्ष मनोज यादव प्रतिनिधि, प्रेस मञ्च नेपालकाे केन्द्र महासचिव अवधेश झा , प्रेस मञ्च नेपालका मधेस प्रदेशका अध्यक्ष अभरेन्द्र यादव , जसपा नेपाल सिरहा जिल्ला अध्यक्ष राकेश राेशन गुप्ता ,सशस्त्र प्रहरी नायब उपरीक्षक बिष्णु हरी घिमिरे ,नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनाेज बनैता यादव, जिल्लाका पत्रकार, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
अधिवेशनले महेश सिंह लाई अध्यक्षमा र १६ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विजय यादव उपाध्याय, उपाध्यक्षमा राम सेवक राम सचिव रहमुल मियों सह–सचिव मिना मण्डल , सह–सचिव हेम कुमार दास , कोषाध्यक्ष विनिता चाैधरी, र सदस्यहरू पनि चयन भएका छन ।
त्यसैगरि मधेस प्रदेश सदस्य तर्फ सिरहा बाट सितल साह,जितेन्द्र सिंह दाेनबार,ओम प्रकाश यादव ,शम्भु यादव,आशिष् कुमार साह,अभरेन्द्र यादव, काशिन्द्र यादव रहेका छन् , साथै केन्द्रीय सदस्यमा सिरहा जिल्ला बाट विनाेद मण्डल ,विरेन्द्र कुमार यादव ,जितेन्द्र मण्डल,निरज कुमार यादव(मनु) ,संजु दास र प्रेम शिला यादव रहेका छन् ।


















