विनोद मण्डल/सिराहा  । सिराहा जिल्लाको लहानमा पत्रकारहरुको सहभागितामा  प्रेस मञ्च नेपाल सिराहाको दोस्रो अधिवेशन सप्पन्न भएको छ ।


प्रेस मञ्च नेपाल सिराहाका अध्यक्ष जितेन्द्र सिंह दनुवारको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथि जसपा नेपालका केन्द्रिय सचिव सुरेश मण्डल विशिष्ट अतिथिहरु प्रेस मञ्च नेपालका केन्द्रीय का.वा.अध्यक्ष मनाेज यादव, प्रेस मञ्च नेपालका प्रदेश अध्यक्ष अमरेन्द्र यादव , नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता, प्रेस युनियनका निर्मला दाहाल , प्रेस चौतारीका शिव कुमार शाह लगायत   जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थितिमा  दोश्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको हो ।


 लहानको  माखनभोग होटलको सभाहलमा आयोजित कार्यक्रममा महेश सिंहको अध्यक्षतामा जिल्ला कमिटी गठन गरिएको हो ।


कार्यसमितिको उपाध्यक्षमा रामसेवक राम अर्का उपाध्यक्ष विजय कुमार यादव , सचिव मोहम्मद रहमुल राईन, सह - सचिव मिना मण्डल अर्का सह-सचिव हेमन्त कुमार दास,कोषा-ध्यक्षमा विनिता कुमारी चौधरीलाई चयन गरिएको हो ।


त्यस्तै कार्यसमितिको सदस्यमा चन्दु चौधरी , बलिराम यादव, खेम रन्जन यादव, हेम प्रसाद पासवान ,मनोज कुमार यादव ( मन्जय) , असेस कुमार साह,जय नारायण यादव, प्रज्वल चौधरी र शत्रुधन महतो रहेका छन ।


सिरहाबाट  प्रदेशतर्फ शितल साह, जितेन्द्र सिंह दनुवार , ओम प्रकाश यादव,शम्भु यादव, आशिष् कुमार साह अमरेन्द्र यादव र कासिन्द्र यादव  चयन भएका हुन ।


प्रेस मञ्च नेपालको केन्द्रियसदस्य तर्फ सिराहाबाट विरेन्द्र कुमार यादव, विनोद मण्डल ,जितेश  मण्डल , सन्जु दास,प्रेम शिला यादव र निरज यादवलाई चयन गरिएको हो ।


औपचारिक कार्यक्रममा बोल्दै वक्ताहरुले  नेपालको राजनीतिक परिवर्तनमा प्रेस मञ्चले खेलेको भूमिकाप्रति स्मरण गर्दै पत्रकारितामा सत्य तथ्य कुरा लेख्नका लागि आग्रह गरेका थिए । कार्यक्रममा वक्ताहरुले काठमाण्डौको तीनकुनेमा मारिएका पत्रकार सुरेश रजकको निधनप्रति दुःख व्यक्त गर्दै , शहीद घोषणाको सरकारसँग माग समेत गरेका छन ।