काठमाडौ । नेपालमा जारी यू-१९ ओडीआईको दोस्रो खेलमा अफगानिस्तानले टस जितेको छ । टस जितेर ब्याटिङ रोज्दै अफगानिस्तानले नेपाललाई फिल्डिङको निम्तो दिएको छ ।

यसअघि पहिलो खेलमा अफगानिस्तानले नेपालविरुद्ध फराकिलो जित निकालेको थियो । नेपाल यू–१९ टोलीलाई अफगानिस्तान यू–१९ ले १३० रनले हराएको हो ।