काठमाडौं । आज पनि देशका केही भागमा छिटपुट पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविदका अनुसार ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन ।
अहिले पूर्वी नेपालका केही ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार विशेष गरी झापा, इलाम लगायतका ठाउँहरूमा हल्का पानी परिरहेको छ ।
आइतबार कोशी प्रदेश, मधेस प्रदेश तथा देशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्का पानी र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
















