सिरहा : प्रत्येक नयाँ वर्षको दिन मेला लाग्ने सिरहाको लहान नगरपालिका १२ र २२ को सिमानामा पर्ने सलहेश फूलबारीमा आज विशाल मेला लागेको छ । फूलबारीमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ । 

हरेक वर्ष नेपाल तथा भारतबाट लाखौँ श्रद्धालु मेलामा आउने र आज पनि उल्लेख्य सङ्ख्यामा आउने गरेका छन् । भक्तजनको भीड व्यवस्थित गर्न ठूलो संख्यामा स्वयंसेवक र प्रहरी परिचालन गरिएको छ । याे समाचार अन्नपूर्ण पाेस्ट बाट लिएको छ।