जितेश मण्डल - सिरहा  । सिरहाको धनगढी बजार नजीक आमचोकमा माेटरसाइकल र ट्रक ठोक्किदा बाइकमा सवार घाइते भएका छन् ।

Messenger_creation_16E29C53-3414-4EFA-93C9-9BDB01833B45

धनगढीमाई बजार नजीकै आमचोकमा आज मिति २०८२/०१/०२ गतेको दिन बेलुका करिब ८:०० बजे पूर्वपश्चिम राजमार्गमा पूर्व बाट आउँदै गरेको माेटरसाइकललाई पश्चिम बाट आउँदै गरेको ना . ३ ख ९९३२ को  ट्रकले ठोकर दिँदा बाइकमा सवार महिला र पुरुष घाइते भएका हुन ।

IMG_20250415_211707

धनगढीमाईका प्रहरीले दुवैजना घाइते लाई लहान अस्पताल प्राथमिक उपचारको लागि पठाएको छ, भने ट्रक र ट्रक  ड्राइभर लाई नियन्त्रणमा लिएको छ। दुई जना घाइते मध्ये महिला लाई टाउकोमा गम्भीर चोट लागेकाले अवस्था गम्भीर नै देखिएको छ।