काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै नेपालमा पनि मूल्य घटेको छ । आयल निगमले मंगलबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलितर ३–३ रुपैयाँ घटाइएको छ । नयाँ मूल्यअनुसार सबैभन्दा माथिल्लो वर्गामा पेट्रोल १ सय ६० र मट्टितेल १ सय ४६ रुपैयाँ लिटर पर्नेछ ।



















