मनिष यादव - सिरहा । नववर्ष २०८२ तथा जुडशीतल पर्वको अवसरमा मातृभूमि युवा समाज नेपाल, सिरहाको आयोजनामा एक विशेष निःशुल्क स्वास्थ्य शिविर तथा पानी वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सयौं स्थानीय नागरिकहरूले स्वास्थ्य सेवा प्राप्त गरेका छन् भने गर्मी मौसमलाई ध्यानमा राख्दै प्याउ (पानी वितरण) पनि गरिएको थियो।1744736293328


कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. नगेन्द्र प्रसाद यादवले युवाहरूको यस्तो सामाजिक योगदान प्रशंसनीय रहेको बताए। उनले यस्ता कार्यक्रमहरूले समाजमा स्वास्थ्य सचेतना र सेवा पहुँच विस्तारमा सघाउ पुर्‍याउने धारणा व्यक्त गरे।

1744736300806


संस्थाका उपाध्यक्ष अभिनाश कुमार पूर्वका अनुसार शिविरको मुख्य उद्देश्य स्थानीय जनताको स्वास्थ्यमा पहुँच वृद्धि गर्नु रहेको थियो। कार्यक्रममा रक्तचाप, मधुमेह, सामान्य रोग परीक्षण लगायतका सेवा प्रदान गरिएका थिए।


कार्यक्रममा गोल्डेन आवर प्रोडक्सन स्टुडियो, सिरहा ले विशेष सहयोग गरेको थियो। संस्थाका अध्यक्ष मनिष यादवले जनसमुदायलाई न्यानो शुभकामना दिँदै यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै स्वयंसेवक—रोशन महतो, सुरज यादव, विकास साह, नवीन शाह, अभिनाश यादव, रवि राय, राजु मुखिया, सुमित यादव, डा. अखिलेश चौधरी—प्रति आभार व्यक्त गरे।


यस कार्यक्रमले स्थानीय युवा समाजको सामाजिक उत्तरदायित्वप्रतिको सक्रियता र समर्पण स्पष्ट रूपमा देखाएको अध्यक्ष यादवले जनाएका छन्।