इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गए राति भएको खेलमा मुम्बई ४ विकेटले विजयी भएको हो ।
सुरुवाति ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले १८.१ ओभरमा ६ विकेट गुमाउँदै १६६ रन बनाएर लक्ष्य पूरा गरेको हो ।
मुम्बईको जितमा रियान रिकल्टनले ३१ र विल ज्याक्सले ३६ रनको योगदान दिए । रोहित शर्मा र सूर्यकुमार यादवले २६/२६ रन बनाउँदा तिलक बर्मा र हार्दिक पाण्ड्याले २१/२१ रन जोडे । बलिङतर्फ विल ज्याक्सले २ विकेट लिँदा ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र हार्दिक पाण्ड्याले १/१ विकेट लिए ।
हैदरावादका लागि अभिसेक शर्माले ४० रन जोड्दा ट्राभिस हेडले २८ रन बनाए । त्यस्तै नितिश कुमार रेड्डी १९, हेनरिक क्लासेन ३७ रनमा आउट हुँदा अनेकेत बर्माले १८ रन जोडे । बलिङतर्फ हैदरावादका लागि प्याट कमिन्सले ३ विकेट लिँदा इसान मालिङ्गाले २ र हर्सल पटेलले १ विकेट लिए ।


















