उमेश कुमार साह : सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिका -१ धनगढी स्थित प्रसुती गृह नयाँ भवनको उद्घाटन भएको छ। शुक्रबार  मधेस प्रदेशका प्रदेश सभा सदस्य अनिरुद्व कुमार सिंहले सो भवनको उद्घाटन गरेका हुन्। 1745021711259

एक कार्यक्रमबीच उक्त भवन हस्तान्तरण गरिएको थियो । आफ्नै घर अगाडि पक्की प्रसूति गृह भवन बनेपछि स्थानीयले खुशी हुँदै  फूलमाला, अबिर सहित कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गरेका थिए । प्रसुति गृह उद्घाटन कार्यक्रममा बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह , इन्जिनियर दिनेश ठाकुर , योजना शाखा प्रमुख घनश्याम यादव , वडा अध्यक्ष रबिन्द्र कुमार साह, सम्बन्धित संस्थाका अन्य सदस्य, कर्मचारी, नगरस्थित अन्य विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि र स्थानीयको उपस्तिथी रहेको थियो ।

करिब २ वर्ष भन्दा लामो समयमा निर्माण भएको उक्त भवनबाट सेवा आरम्भ गरेसँगै स्थान अभावको समस्या अन्त्य भएको स्थानीय राम अशिस यादबले बताए। 

1745021708412

नयाँ भवनबाट ओपिडी सेवा, सुरक्षित गर्भपतन सेवा टेष्टट्युव बेबी लगायतका सेवा प्रदान गरिने डा अरबिन्द कुमार यादवले बताए ।