निषेधित क्षेत्र तोड्ने घोषणासहित प्रदर्शनमा उत्रेका राप्रपाका नेता–कार्यकर्ता र प्रहरीबीच काठमाडाैंको नयाँ बानेश्वरमा घम्साघम्सी परेको छ । बानेश्वरबाट अघि बढ्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजिरहेको छ । 

आज निषेधित क्षेत्र तोडेर सामूहित गिरफ्तारी दिने रणनीतिका साथ राप्रपा प्रदर्शनमा उत्रेको हो । सरकारले भने बलजफ्ती गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । 

राप्रपाको प्रदर्शनलाई लक्षित गर्दै काठमाडाैंमा सुरक्षा सतर्कता बढाइएको छ । सडकमा ठूलो संख्यामा प्रहरीहरू परिचालित छन् ।