स्पेनिस ला लिगामा दोस्रो स्थानको रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी घटाएको छ । गए राति भएको खेलमा एथ्लेटिक क्लबलाई पराजित गर्दै ३ अंक बटुलेसँगै रियल मड्रिडले अंक दूरी घटाएको हो ।

गए रातिको खेलमा रियल मड्रिडका लागि इन्जुरी सयमा फेडेरिको भालभर्डेले गोल गरेका थिए । सोही गोल निर्णायक बन्दा एथ्लेटिक क्लब पराजित भएको हो ।

यससँगै दोस्रो स्थानको रियल मड्रिडले ३२ खेलबाट ६९ अंक बनाएको छ । समान खेलबाट ७३ अंक बटुलेको बार्सिलोना भने शीर्ष स्थानमा छ ।

तेस्रो स्थानको एट्लेटिको मड्रिडको ६३ अंक छ भने चौथो स्थानको एथ्लेटिक क्लबकव ५७ र पाँचौँ स्थानको भिल्लारियलको ५२ अंक छ ।