ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ । आज बिहान ५ बजेतिर ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० सेवारो चोकनजिकै उक्त दुर्घटना भएको हो ।
सदरमुकामबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ ज ३०११ नम्बरको बोलेरो जिपमा करेन्ट लागेको हो । बिजुलीको पोल लत्रेर जिपमा करेन्ट लागेको जनाइएको छ ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परी घाइते भएका दुई जनालाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप विवरण भने आइसकेको छैन ।


















