शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षाबारे संशय बढीरहेको बेला राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ । बैठक आज बिहान बस्न लागेको हो ।

यही ११ बैशाखदेखि कक्षा १२ को परीक्षा सुरु हुने कार्यतालिका थियो । तर, देशभरका शिक्षकहरूले शैक्षिक हड्ताल गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । जसका कारण परीक्षा हुने/नहुनेमा संशय बढीरहेको छ ।

शिक्षकहरू आन्दोलन रोकेर विद्यालय नफर्केसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्न सहज छैन । उता शिक्षकहरूको आन्दोलन लम्बिँदै जाँदा शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । यस्तो अवस्थामा बस्न लागेको बोर्ड बैठकलाई चासोका साथ हेरिएको छ ।

शिक्षक आन्दोलनका कारण परीक्षाको तयारी प्रभावित भएपछि आजको बोर्ड बैठकले त्यसबारे निर्णय लिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन् ।