आज संघीय संसदका दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सुरु हुनेछ भने दिउँसो सवा १ बजे बस्ने गरी राष्ट्रियसभाको बैठक बोलाइएको छ ।

आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची तय गरिएको छ ।

त्यस्तै कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति विमला सुवेदीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव गर्नेछन् ।

CG Group
Nepatop

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची छ ।