बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यका लागि संक्षिप्त सूचीमा परेकाहरूमाथि प्रतिक्रिया आह्वान भएको छ । अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले सोमबार एक सूचना जारी गरी प्रतिक्रिया आह्वन गरेको हो ।

सूचीमा परेका व्यक्तिहरूको विषयमा कुनै प्रतिक्रिया भए यही २० वैशान बेलुकी ५ बजेसम्म प्रमाणसहित समितिको सचिवालयमा लिखित रूपमा वा विद्युतीय माध्यमबाट आइपुग्ने गरी प्रतिक्रिया पेस गर्न भनिएको छ ।

सिफारिस समितिले अध्यक्ष र सदस्यको नियुक्तिका लागि २४ वैशाखदेखि २५ वैशाखसम्म प्रस्तुतीकरण हुने पनि जानकारी दिएको छ । समितिले सक्षिंप्त सूचीमा ३४ जनाको नाम राखेको छ ।