भारत र फान्सबीच सोमबार लडाकु विमान खरिदबारे एक सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौताअनुसार भारतीय जल सेनाका लागि २६ वटा रफायल लडाकु विमान खरिद गरिने भएको हो । 

समाचार एजेन्सी पीटीआईका अनुसार यी विमानको कुल मूल्य करिब ६४,००० करोड भारु हुनेछ । यी विमानहरू भारतको युद्धपोत आईएनएस विक्रान्तमा तैनाथ गरिनेछ । यो विमानबाट आणविक बमसमेत खसाल्न सकिन्छ । 

जम्मु कश्मिरको पहलगाममा आतंकवादी आक्रमण भएपछि पाकिस्तानसँग तनाव बढेका बेला भारतले यो सैन्य सम्झौता गरेको हो ।