काठमाडौँ । नेपाली बजारमा मङ्गलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

सुन मङ्गलबार सोमबारको तुलनामा ५०० रुपैयाँले  वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम  थियो ।

यस्तै मङ्गलबार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको छ । चाँदी सोमबार पनि सोही  मूल्यमा  कारोबार भएको थियो ।