काठमाडौं । काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित सुकुम्वासी जागृत टोलमा आज एक ४५ वर्षीया महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले दिएको जानकारी अनुसार बिना श्रेष्ठ नामक ती महिलाले श्रीमानसँगको विवादपछि सोमबार राति करिब पौने १० बजे आत्मदाहको प्रयास गरेकी हुन्।

आगो लगाएलगत्तै परिवारका सदस्यहरूले उनलाई नयाँ बजारस्थित पिपल्स अस्पताल पुर्‍याएका थिए। अस्पतालका चिकित्सकहरूका अनुसार उनको पेट, छाती र बायाँ हातको करिब २५ प्रतिशत भाग जलेको छ।

घटनाको सम्बन्धमा प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको एसपी बोहराले बताए।