विनोद मण्डल। सिराहा जिल्लाको दुर्गम क्षेत्रमा विकासको मूल फुटाउँदै अघि बढिरहेका वडा अध्यक्ष अमित ठकुरीले निर्धारित समयमा वडा कार्यालय भवनको निर्माण सम्पन्न गरी उद्दघाटन गराउन सफल हुनु भएको छ ।

वैशाख १७ गते शुभ साईतमा कार्यालय भवनको परिसरमा आयोजित एक औपचारिक समारोहका बीच उक्त नयाँ भवनको उद्दघाटन धनगढीमाईका नगर प्रमुख शिवशंकर महतोले रिवन काटेर कार्यालय भवनको भित्रपट्टी राखिएको शिलालेखको रातो व्यानर खोलेर भवनको उद्घघाटन गर्नु भएको हो ।
शिलालेखमा उल्लेख गरिएको शब्दहरू उपमेयर संगीता चौधरीले पढ्नु भएको थियो ।
आधुनिक तवरले निर्माण गरिएको उक्त भवनमा स्टोर, शभा हल, प्रमुख बस्ने कोठा, प्रशासनिक कोठा,शौचालय लगायत रहेको छ ।
औपचारिक कार्यक्रममा प्रवेश गर्नु अगाडि मेयर शिवशंकर महतो, उपमेयर संगीता चौधरी , प्रमुख प्रशासकिय अधिकृत,स्थानिय समाजसेवी ,बुद्धिजीवी, पत्रकार लगायतले कोठाहरूको निरीक्षण गर्नु भएको थियो ।
स्थानिय पण्डित लक्ष्मण काफ्लेद्वारा विधिपूर्वक पूजापाठ गराई उद्दघाटन गरिएको थियो ।
सभा हलमा आयोजित कार्यक्रममा नगरका प्रसासनीक निकायका कर्मचारीहरु, प्राविधिक टोली, स्थानिय समाजसेवीहरु दिलीप लामा, लक्ष्मण राई,राजनीतिकर्मी महेन्द्र लामा, पूर्व वडा अध्यक्ष ठरेन्द्र राई लगायत स्थानिय वडाबासीहरुको सहभागितामा भएको कार्यक्रममा प्रमुख अतिथि लगायत सबैलाई गम्छा र मालाले सम्मान गरिएको थियो ।
कार्यकममा अथितिहरुलाई स्वागत रामकुमार हमालले गरेका थिए भने प्रमुख प्रशासकिय अधिकृतले वडा अध्यक्ष अमित ठकुरीलाई बधाई दिँदै यस वाडाले पर्यटन सम्भावना बोकेको भन्दै वडा कार्यालय निर्माण प्रति खुशी व्यक्त गर्नु भएको थियो ।
वडा नं १४ मा वडा कार्यालय भवनको निर्माण सम्पन्न भएपछि आफ्नो सपना पुरा भएको उपमेयर संगीता चौधरीले बताए ।
वडा कार्यालय भवनको निर्माणले अति खुशी लागेको मेयर शिवशंकर महतोले बताए ।
भौगोलिक रूपमा विकट पहाडी क्षेत्रको रूपमा रहेको वडा नं १४ मा वडा कार्यालय भवनको निर्माण वडा अध्यक्ष अमित ठकुरीले गरेपछि उनको चौतर्फी चर्चा परिचर्चा भइरहेको अवस्थामा स्थानियले छोटो प्रतिक्रिया दिँदै वडामा खानेपानी,बिजुली, सडक, मठ मन्दिरहरु, टटबन्ध जाली, टावर, कलभरट लगायतको कार्य सम्पन्न हुँदै आएको बताएका छन ।
सभाहलमा कार्यक्रमको शुरुवातमा वडा कार्यालय भवनको निर्माणको लागि जग्गा दान गर्नु भएका दाताहरुलाई विशेष सम्मान गरिएको थियो ।

















