नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेश कमिटीले मुख्यमन्त्री सतीशकुमार सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाएको छ । शुक्रबार दिउँसो बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरू अगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा समावेश गर्न एसले माग गरेको छ ।
एसका मधेश प्रदेश इन्चार्ज धर्मनाथप्रसाद साहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जनजीविकासँग जोडिएका आधारभूत मुद्दाहरूलाई समाजवादी दृष्टिकोणले सम्बोधन गर्न आग्रह गर्दै कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा प्रभावकारी र जनमुखी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएको छ ।
प्रदेश इन्चार्ज साहले भने, ‘हामीले सरकारसँग परिवर्तनको मागमात्र नभई समाधानको खाका पनि दिएका छौँ । अब सरकारको इमान्दारी परीक्षणको घडी आएको छ ।


















