उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विमर्श गरेका छन् ।

प्रचण्डलाई भेट्न पौडेल आज बिहान उनको निवास खुमलटार पुगेका प्रचण्डको सचिवालयले जानकारी दिएको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रचण्डसँग विमर्श गरेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरिसकेको छ । सरकारले संवैधानिक व्यवस्थाअनुसार यही १५ जेठमा आगामी आर्थक वर्षको बजेट ल्याउनेछ ।