प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समाज कल्याणमन्त्री सर्मिन सोनेया मुुर्सिदबीच भेटवार्ता भएको छ । 

शुक्रबार प्रधानमन्त्रीनिवास बालुुलाटारमा प्रधानमन्त्री ओली र बंगलादेशकी समाज कल्याणमन्त्री मुुर्सिदबीच भेटवार्ता भेटवार्ता भएको हो । नेपालले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मुर्सिद काठमाडौं आएकी छिन् ।   

भेटमा दुुई देशबीच रहँदै आएको आपसी र मित्रवत् सम्बन्ध र सहकार्यका विविध आयामबारे छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।