विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणी चोकमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल त्रिवेणी चोकमा पुग्दा अचानक कुकुरलाई बचाउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको थियो।

प्रहरीका अनुसार, आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल त्रिवेणी चोकमा पुग्दा अचानक कुकुरलाई बचाउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको थियो।

गम्भीर घाइते भएकी मेहतालाई तत्काल रंगेली अस्पताल पुर्‍याइए पनि आइतबार साँझ ७ बजेर १० मिनेटमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक, मृतक भवानीका छोरा रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।