राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन आग्रह गरेको छ ।
 
बिहीबार आयोगका प्रवक्ता डा. टीकाराम पोखेरले विज्ञप्ति जारी गरी विगतका असफल प्रयासबाट पाठ सिक्दै द्वन्द्वपीडितलाई न्याय सुनिश्चित हुने विश्वास दिलाउनु पर्ने बताएको हो । आयोगले सरकारले गठन गरेका संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको गठन प्रक्रियाप्रति द्वन्द्वपीडितहरूले जनाएको असहमतिलाई गम्भीरतापूर्वक लिएको पनि बताएको छ । 

आयोगले द्वन्द्वपीडितहरूको स्वीकार्यता, विश्वसनीयता र सहयोग बिना संक्रमणकालीन न्याय टुंगोमा पुग्न नसक्ने स्पष्ट पारेको छ । 'विवाद र असहमतिलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्न सकिन्छ । विगतका असफल प्रयासहरूबाट पाठ सिक्दै द्वन्द्वपीडितलाई न्याय सुनिश्चित हुने विश्वास दिलाउन आवश्यक छ,' आयोगका प्रवक्ता पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

आयोगले अन्तर्राष्ट्रिय अभ्यासहरूलाई आत्मसात गर्दै प्रक्रियालाई विशुद्ध कानुनी विषयमा मात्र सीमित नराखी द्वन्द्व नदोहोरियोस् र पीडित समुदायको विश्वास आर्जन होस् भन्ने तर्फ ध्यान दिन पनि आग्रह गरेको छ ।

'संक्रमणकालीन न्याय समयमै टुंगोमा पुगी द्वन्द्वपीडितले न्याय पाउनुपर्छ । पीडितको न्यायप्रति आयोग सधैँ प्रतिबद्ध छ,' विज्ञप्तिमा भनिएको छ ।

हेर्नुस् विज्ञप्ति:

CG Group
Nepatop

1-1747911346.JPG