काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
गत १५ चैतमा तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शनमा हिंसा भड्किँदा एक पत्रकारसहित दुई जनाको मृत्यु हुनुका साथै आगजनी र लुटपाटका घटना भएका थिए ।
सो घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रसाईंसहित ५३ जनाको दुई दिन म्याद थप भएको हो । उनीहरूविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।


















