काठमाडौं । जनमत पार्टीले मधेश सरकारमा रहेका दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । उनीहरूको ठाउँमा आजै अरु दुई जनाले मन्त्रीको शपथ लिने तयारी छ । उद्योग तथा पर्यटन मन्त्रालय सम्हाल्दै आएका सकिल मिया अन्सारी र वनमन्त्री त्रिभुवन साहलाई फिर्ता बोलाइएको छ ।
जनमतले वसन्त कुशवाहालाई उद्योग तथा पर्यटन मन्त्रालय र सञ्जय यादवलाई वन मन्त्रालयको जिम्मेवारी दिने पार्टीले निर्णय गरेको छ । कुशवाहा यसअघि कृषिमन्त्री थिए भने यादव कृषि राज्यमन्त्री थिए । मुख्यमन्त्री सतिशकुमार सिंहले दुवै नयाँ मन्त्रीको आजै शपथ हुने बताए ।
साह योजना बिक्रीवितरणमा लागेको र मियाको कार्यसम्पादन सुस्त भएकोले फिर्ता बोलाइएको जनमतका एक नेताले बताए ।


















