नेपल्स । साविक विजेता इन्टर मिलानलाई एक अंकले पछि पार्दै नापोलीले इटालियन सिरी ’ए’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
नापोलीले शुक्रबार राति काग्लियारीलाई २–० ले पराजित गर्दै सेरी ’ए’ फुटबल लिगको उपाधि आफ्नो नाममा पारेको हो ।
स्कट म्याकटोमिने र रोमेलु लुकाकुको गोलले घरेलु मैदानमा नापोलीलाई विजयी बनायो ।


















