काठमाडौं । सरकारको नेतृत्वकर्ता दल एमालेको कार्यक्रम र राजावादीहरूको प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि भृकुटीमण्डप र रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

22-1748491303.JPG
बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । यी क्षेत्रमा ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ । भृकुटीमण्डपमा एमालेले बिहान ११ बजे कार्यक्रम राखेको छ भने राप्रपालगायत राजावादीको प्रदर्शन रत्नपार्क क्षेत्रमा हुने भएको छ ।

33-1748491314.JPG
प्रशासनले उनीहरूका लागि दिउँसो साढे २ बजेपछिको समय तोकिदिएको छ ।

तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी