हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । तर, कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । 

कोशी प्रदेशका केही स्थानमा, मधेश प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

शनिबार राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

कोशी र मधेश प्रदेशका केही स्थान तथा बाँकी पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।