काठमाडौं । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार २८९ अमेरिकी डलर कारोबार भइरहेको छ ।


















