काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।
कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशी, मधेश र बागमती प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ ।
कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा भारी बर्षा पनि हुन सक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।




















