नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १ दुम्किबासको विनयी खोलामा बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

विनयी खोलामा एक्कासी आएको बाढीले डाइभर्सन बगाउँदा दिउँसो साढे ४ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। डाइभर्सन बगाएपछि दुवैतर्फ सडक अवरुद्ध भएको छ।

डाइभर्सन बगाएपछि रोकिएका यात्रुवाहक बस र हल्का सवारी साधनलाई होङ्सी गेटबाट सर्दीको भित्री वैकल्पिक बाटो प्रयोग गरी डाइभर्ट गरिएको तथा मालवाहक सवारी साधन रोकिएको प्रहरीले जनाएको छ।

डाइभर्सन मर्मतको लागि समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए।नयाँ पत्रिका