हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा बदली रहनेछ । बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ ।
कोशी र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति कोशी, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।















